सामाचार
धनपालथान गाउँपालिकाको परिचय
मोरङको दक्षिण भागमा पर्ने धनपालथान गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ । यो गाउँपालिका साविकका नोचा,कदमाहा , दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो । गाउँपालिका निर्माणका क्रममा साविकको नोचा गाविसलाई यसको वडा नं. १ ,अमाही बरियाती गाविसलाई वडा नं. २,सोराभाग गाविसलाई ३ र ४, दादरबैरिया गाविसलाई आधा जति वडा नं. ५ तथा आधा वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ । यसरी दक्षिणमा मोरङका यी पाँचवाटा गाविसलाई मिलाएर धनपालथान गाउँपालिका बनाइएको छ । यस गाउँपालिकाको नाम भने साविकको कदमाहा गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा रखिएको हो ।
धनपालथान गाउँपालिकाको सिमाना पूर्वमा रंगेली नगरपालिका, दक्षिणमा भारतको बिहार, पश्चिममा जहदा र कटहरी गाउँपालिका पर्दछन् । यसको उतरतिर पनि कटहरी गाउँपालिका र रंगेली नगरपालिकानै पर्दछन् । समुद्र तहबाट करिब ६७ मिटर उचाईमा रहेको यो गाउँपालिका झन्डै २६ डिग्री २२ मिनेट उतर अक्षान्स र 87°28” पूर्वी देशान्तरमा फैलिएर रहेको छ ।
विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।
| Dhanpalthan Gaupalika | |
|---|---|
| Gaupalika (Rural Muncipality) | |
| Country | |
| Province | Province No. 1 |
| District | Morang District |
| Established | 27 Falgun 2073 |
| Government | |
| • Chairperson | Mr. Hari Lal Singh |
| • Vice-chairperson | Mrs. Nasima Banu |
| Area | |
| • Total | 70.26 km2 (27.13 sq mi) |
| Population (2017) | |
| • Total | 39,394 |
| • Density | 560/km2 (1,500/sq mi) |
| Telephone | +977-021 565122 |
| Audio Notice Board | 1618021565122 |
| dhanapalthanmun@gmail.com | |
| Office | Present Sorabhag VDC Office |
