FAQs Complain Problems

धनपालथान गाउँपालिकाको परिचय

dhanapalthan

 मोरङको दक्षिण भागमा पर्ने धनपालथान  गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ । यो गाउँपालिका साविकका नोचा,कदमाहा , दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो ।  गाउँपालिका निर्माणका क्रममा साविकको नोचा  गाविसलाई यसको वडा नं.  १ ,अमाही बरियाती गाविसलाई वडा नं. २,सोराभाग  गाविसलाई ३ र ४, दादरबैरिया गाविसलाई आधा जति वडा नं. ५ तथा आधा  वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ ।  यसरी दक्षिणमा मोरङका यी पाँचवाटा  गाविसलाई मिलाएर धनपालथान  गाउँपालिका बनाइएको छ । यस  गाउँपालिकाको नाम भने साविकको कदमाहा  गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा रखिएको हो । 

धनपालथान गाउँपालिकाको सिमाना पूर्वमा रंगेली नगरपालिका,
दक्षिणमा भारतको बिहार, पश्चिममा जहदा र कटहरी 
गाउँपालिका पर्दछन् । यसको उतरतिर  पनि कटहरी 
गाउँपालिका र रंगेली  नगरपालिकानै पर्दछन् । समुद्र 
तहबाट करिब ६७ मिटर उचाईमा रहेको यो गाउँपालिका झन्डै 
२६ डिग्री २२ मिनेट उतर अक्षान्स र 87°28” पूर्वी देशान्तरमा
फैलिएर रहेको छ ।
विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।
                                              
Dhanpalthan Gaupalika
Gaupalika (Rural Muncipality)
Country    Nepal
Province Province No. 1
District Morang District
Established 27 Falgun 2073
Government
 • Chairperson Mr. Hari Lal Singh 
 • Vice-chairperson Mrs. Nasima Banu 
Area
 • Total 70.26 km2 (27.13 sq mi)
Population (2017)
 • Total 39,394
 • Density 560/km2 (1,500/sq mi)
Telephone +977-021 565122
Audio Notice Board 1618021565122
Email  dhanapalthanmun@gmail.com
Office Present Sorabhag VDC Office